१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २८ बुधबार १२:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजावादीको आन्दोलनमा घाइते रेविका खत्रीलाई आठ लाखभन्दा बढी रकम हस्तान्तरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार १२:१९:oo

तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम संयुक्त जनआन्दोलन समितिले हस्तान्तरण गरेको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरु डा प्रकाश चन्द्र लोहनी र हरी बहादुर बस्नेतले रमेस राज वास्तोलाको संयाजनमा लिजवन, पोर्तुगलबाट उपलब्ध सहयोग बुधबार हस्तान्तरण गरेका हुन् ।

सुवेदी लगायतको टोलीले महाराजगंजस्थित शिक्षण अस्पताल पुगी आठ लाख उन्चालीस हजार चार सय रूपैयाँ हस्तान्तरण गरे । खत्रीको शिघ्र स्वास्थ्य लाभको कामना सहित उक्त सहयोग पोर्तुगलमा बसोबास गर्ने नेपालीहरुबाट उपलब्ध भएको हो ।

टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही लगायत उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।