
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निर्णय गरेको छ।
आज बसेको पार्टी सचिवालयको बैठकले गृहमन्त्रीले अध्यागमन प्रमुखको सरुवा गर्ने, अनुसन्धानमा खटिएका अख्तियारका डिआइजीको सरुवा गर्ने, प्रमाण नष्ट गर्ने नियतले संंयन्त्र परिचालनग गर्नेलगायत कार्य गरेको देखिएकाले तत्काल राजीनामा दिएर गृह मन्त्रालयमातहतको निकायलाई निष्पक्ष अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरेको हो।