१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Wednesday, 04 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १९ सोमबार २३:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद

स्कटल्यान्डविरुद्ध अन्तिम बलमा नेपालको रोमाञ्चक जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार २३:५४:oo

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले  घरेलु टोली स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित निकालेको छ ।  

अन्तिम बल वाइट आएपछि नेपालले रोमाञ्चक एक विकेटको जित निकाल्यो । नेपालको जितमा करण केसीले सानदार प्रदर्शन गरे । उनले ४१ बलमा ६५ रन बनाए । ओपनर कुशल भुर्तेलले ५३ रनको योगदान गरे ।  त्यस्तै, गुल्सन झाले ३० बलमा ४२ रनको महत्वपूर्ण पारी खेलेका थिए। 

फोर्थहिलमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।  प्रत्युत्तरमा नेपालले अन्तिम बलमा जित निकाल्यो । 

लगभग हारको अवस्थामा पुगिसकेको नेपाललाई नवौं नम्बरमा ब्याटीङमा आएका करणले आक्रामक इनिङ खेलेर जिताएका हुन्। यो जितसँगै विश्वकप लिग–२ मा अंकतालिकामा एक स्थान माथि उक्लिएको छ।  बलिङतर्फ पनि करणले १० ओभरमा ४३ रन खर्चिएर २ विकेट लिए।

छुटाउनुभयो की ?