
सरकारले आफ्नो लगानी रहेका निकायबाट आगामी आर्थिक वर्ष ०८२/८३ मा ६६ अर्ब ५८ करोड २४ लाख रुपैयाँ लाभांश प्राप्त गर्ने लक्ष्य राखेको छ । सरकारले सर्वाधिक लाभांश वित्तीय निकायबाट प्राप्त गर्ने लक्ष्य राखेको छ ।
चालू आव ०८१/८२ मा सरकारले वित्तीय निकायबाट ५८ अर्ब ४१ करोडको लाभांश भित्र्याउने उल्लेख छ । गत आर्थिक वर्ष ०८०/८१ मा सरकारले ४६ अर्ब ६१ करोडको लाभांश उठाएको थियो ।
यसमा सार्वजनिक संस्थानसहित नेपाल राष्ट्र बैंकजस्ता विभिन्न निकायबाट प्राप्त हुने आम्दानीसमेत उल्लेख हुने अर्थ मन्त्रालयले जनाएको छ ।
सर्वाधिक लाभांश पाउने वित्तीय निकायबाट आगामी आवमा ३६ अर्ब ३१ करोड लाभांश प्राप्त गर्ने उल्लेख छ । चालू आवमा २९ अर्ब ९७ करोड लाभांश संकलन गर्ने सरकारी अनुमान छ । गत आवमा वित्तीय निकायबाट २७ अर्ब एक करोड उठाएको थियो ।
सेवामूलक निकायबाट आगामी आवमा २९ अर्ब तीन करोड लाभांश उठाउने लक्ष्य राखेको छ । चालू आवमा २६ अर्ब ४० करोड उठाउने अनुमान छ । गत आवमा १९ अर्ब ५३ करोड ३२ लाख उठाएको थियो ।
व्यापारिक निकायबाट आगामी आर्थिक वर्षमा एक अर्ब १७ करोड उठाउने लक्ष्य छ । चालू आवमा एक अर्ब ९९ करोड उठाउने अनुमान छ । गत आवमा व्यापारिक निकायबाट सरकारले एक रुपैयाँ पनि लाभांश उठाएको थिए ।
औद्योगिक निकायबाट आगामी आर्थिक वर्षमा सरकारले चार करोड ४५ लाख उठाउने लक्ष्य लिएको छ । चालू आवमा एक करोड ६५ लाख मात्रै उठाउने अनुमान छ । गत आवमा पाँच करोड दुई लाख उठेको थियो ।