
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मोहम्मद अफताब आलमलाई सफाइ दिने ‘बहादुर ’ न्यायाधीशलाई नेपाली जनताले बिर्सन नसक्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले जिल्ला अदालतबाट जन्मकैदको सजाय पाइरहेकालाई सफाइ दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकको रूपमा दर्ज भएको उल्लेख गरे ।
‘कलंकको कालो टीका लगाएर कालो दिन परिणत गर्ने ‘बहादुर ’ न्यायाधीशहरूलाई नेपाली जनताले कहिले बिर्सने छैनन्,’ उनले लेखेका छन् ।
त्यस्ता, अपराधमा संलग्न व्यक्तिहरू समाजमा निर्दाेष बन्दै हिँड्ने स्थितिले समाजमा र आमनागरिकमा कस्तो कहालीलाग्दो स्थिति उत्पन्न गर्दछ भनेर प्रश्न गरेका छन् । उनले यसको जिम्मेवारी कसले लिने ? भनेर सोधेका छन् ।