Skip This
राजस्व छली आरोपमा एक करोडभन्दा बढी असुल मागदाबीसहित मुद्दा दायर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Friday, 30 May, 2025
२o८२ जेठ १४ बुधबार १९:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजस्व छली आरोपमा एक करोडभन्दा बढी असुल मागदाबीसहित मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार १९:५१:oo

राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत राजस्व चुहावटको अभियोगमा आकाश अग्रहरीविरुद्ध एक करोड ६ लाख ५५ हजार २९२ रुपैयाँ असुलउपर गर्न मागदाबीसहित मुद्दा दायर गरेको छ।

अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार सुन्दर प्लाइउड सेन्टर भैरहवाका अग्रहरीविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर भएको हो। अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी गर्दा बिजक नै जारी नगरी मालवस्तु बिक्री गरेकोदेखि मालवस्तुको विवरणसम्म पनि फरक पाइएको थियो।

भन्सार चोरी पैठारीतर्फ अधिक मौज्दातको बिगो ३ लाख २५ हजार ८०७  रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फको अधिक मौज्दातको बिगो २ लाख ५२ हजार २७८, मूल्य अभिवृद्धि करतर्फको न्यून मौज्दातको बिगो १५ लाख ६९ हजार २३६ र आयकरतर्फको बिगो ३१ लाख ८० हजार ३२५ गरी ५३ लाख २७ हजार ६४६ रुपैयाँ बिगो कायम गरिएको छ।

प्रमुख घिमिरेका अनुसार बिगोको शतप्रतिशत जरिवानासहित एक करोड ६ लाख ५५ हजार २९२ रुपैयाँ असुलउपर गर्न मागदाबीसहित मुद्दा दायर भएको हो।