१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Thursday, 29 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १४ बुधबार o९:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दीर्घसेवा गर्नेलाई गोर्खाज फाइनान्सको सम्मान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार o९:५९:oo

गोर्खाज फाइनान्सले दीर्घसेवा गर्ने कर्मचारीलाई बिदाइ तथा सम्मान गरेको छ । फाइनान्सले आफ्नो ३०औँ वार्षिक साधारणसभाका अवसरमा ३० वर्षभन्दा बढी सेवा गरी अनिवार्य अवकाश पाएका मुकुन्द श्रेष्ठको बिदाइ गरेको छ भने २० वर्ष सेवा गर्नेलाई सम्मान गरेको हो । 

फाइनान्सको साधारणसभा शुक्रबार गौशाला, काठमाडौंमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै, सोही सभाले आव ०८१/८२ को अन्तिम लेखा परीक्षणका लागि एनबिएसएम एसोसिएट्सलाई लेखा परीक्षकमा नियुक्ति गर्ने निर्णय गरेको समेत जानकारी प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले बताए । साधारणसभाले विभिन्न मितिमा रिक्त भई सञ्चालक समितिले नियुक्त गरेका सञ्चालकको नियुक्ति अनुमोदनसमेत गरेको छ ।