Skip This
गृह र रक्षा मन्त्रालयको बजेट बढ्यो 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १५ बिहीबार १८:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

गृह र रक्षा मन्त्रालयको बजेट बढ्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार १८:३७:oo

सरकारले गृह मन्त्रालय र रक्षा मन्त्रालयको बजेट बढाएको छ। 

चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि गृहको बजेट नौ अर्ब ४० करोड बृद्धि भएको छ। आर्थिक वर्ष ०८२/८३ का लागि दुई खर्ब ८ अर्ब ६२ करोड रुपैयँ विनियोजन गरिएको छ। चालू आर्थिक वर्षका लागि  १ खर्ब ९९ अर्ब २४ करोड विनियोजन गरिएको थियो। 

त्यस्तै, रक्षा मन्त्रालयको पनि दुई अर्ब १४ करोड रुपैयाँ बढेको छ। आर्थिक वर्ष ०८२/८३ मा रक्षा मन्त्रालयका लागि ६२ अर्ब एक करोड रुपैयाँ छुट्याइएको  छ। चालू आर्थिक वर्षका लागि ५९ अर्ब ८७ करोड बजेट थियो।