Skip This
ऊर्जामन्त्री खड्काविरुद्धको समाचार सेयर गर्ने दुधकोशी जलविद्युतका प्रमुख हटाइए 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
२o८२ जेठ ९ शुक्रबार ११:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ऊर्जामन्त्री खड्काविरुद्धको समाचार सेयर गर्ने दुधकोशी जलविद्युतका प्रमुख हटाइए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार ११:५३:oo

नेपाल विद्युत् प्राधिकरणले ६ सय ७० मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत् परियोजनाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) विमल गुरुङलाई जिम्मेवारीबाट हटाएको छ । प्राधिकरणकै सहायक कम्पनीले दुधकोशीमा कार्यरत उनलाई बुधबार प्राधिकरणले इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत नर्म्स, स्पेसिफिकेसन तथा डिजाइन महाशाखामा काजमा फिर्ता बोलाएको पत्र पठाइएको हो ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले पनि गुरुङलाई परियोजनाबाट फिर्ता बोलाइएको जानकारी दिए । गुरुङले पनि आफूलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा फिर्ता बोलाइएको जानकारी दिए । ‘मैले यसलाई नियमित प्रक्रियाका रूपमा लिएको छु । दुई वर्ष कम्पनीको सिइओ भएर परियोजना निर्माणका लागि राम्रै योगदान दिएको छु । अब संस्थाले दिएको जिम्मेवारी उचित ढंगले निर्वाह गर्नेछु,’ उनले भने । 

गुरुङलाई फिर्ता बोलाएर प्राधिकरणले संस्थागत योजना तथा अनुगमन विभागका निर्देशक वसन्तध्वज श्रेष्ठलाई काजमा पठाएको छ । यसअघि पनि कम्पनीको सिइओको जिम्मेवारीमा रहेका श्रेष्ठलाई कार्यसम्पादन कमजोर भएको भन्दै फिर्ता बोलाएर गुरुङलाई पठाइएको थियो ।  

तर, गुरुङलाई पनि राजनीतिक प्रतिशोधमै फिर्ता बोलाएको प्राधिकरण स्रोतको भनाइ छ । प्राधिकरणका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री दीपक खड्काले कार्यकारी निर्देशकमा कुलमान घिसिङ हुँदा नै गुरुङलाई हटाउन ठाडो निर्देशन दिएका थिए । आफूविरुद्धको समाचार सामाजिक सञ्जालमा सेयर गरेको भन्दै मन्त्री खड्काले व्यक्तिगत इगोमा गुरुङलाई हटाउन मन्त्रालयबाटै ठाडो आदेश दिएका थिए । तर, तत्कालीन कार्यकारी निर्देशक घिसिङले ठाडो आदेश नमान्दा गुरुङको सरुवा रोकिएको थियो ।