
नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान गरिएको छ।
समूहका संयोजक एवं रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले १२ जेठ सोमबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति हलमा बस्ने गरी बैठक बोलाएका हुन्।
नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा दुई देशका सांसदहरूबिच आपसी समन्वय र सहयोग विस्तार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको संयोजक श्रेष्ठले बताए।
मैत्री समूहमा विमलेन्द्र निधि, सुशीला थिङ, भगवती न्यौपाने, सुहाङ नेम्वाङ, माधव सापकोटा, पशुपतिशमशेर जबरा र सिके राउत सदस्य छन्।