Skip This
सानिमा रिलायन्सको बिमालेख नवीकरणमा छुट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ६ मंगलबार ११:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा रिलायन्सको बिमालेख नवीकरणमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार ११:३४:oo

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको व्यतीत बिमालेख नवीकरण (पुनर्जागरण) गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट पाइने भएको छ । विभिन्न कारणले समयमै बिमाशुल्क भुक्तानी गर्न नसकेका ग्राहकले यो अभियानबाट छुटको लाभ लिन सक्नेछन् । अभियान जेठ १ गतेदेखि २५ गतेसम्म लागू हुनेछ । 

पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एकपटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । सामान्य अवस्थामा बिमालेख व्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।

संस्थाले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने विलम्ब शुल्कमा छुटको सेवा–सुविधा लिई व्यतीत बिमालेख नवीकरण गरी मौकाको फाइदा लिन कम्पनीले अनुरोध गरेको छ । ग्राहकले कम्पनीका देशैभरका कार्यालयबाट वा अनलाइन भुक्तानीमार्फत योजनामा सहभागी हुन सक्नेछन् ।