१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ६ मंगलबार o५:५७:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : भाग्यमानी भ्यागुता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार o५:५७:oo

एउटा भ्यागुतो एक पोखरीको छेवैबाट जाँदै थियो । उसले अर्को भ्यागुतोको दुःखी आवाज सुन्यो । ऊ रोकिएर आवाजतिर फर्कियो । त्यहाँ एउटा भ्यागुतो बडो दुःखी देखिन्थ्यो । पहिलो भ्यागुतोले दोस्रो भ्यागुतोलाई सोध्यो– के भयो, दुःखी देखिन्छौ नि मित्र ? 

दोस्रो भ्यागुतोले जवाफ दियो– देख्दैनौ, यो पोखरी कति फोहोर छ । यहाँ बाँच्न निकै कठिन छ । पहिला यहाँ कति धेरै किरा, फट्यांग्रा पाइन्थे । अहिले केही खानेकुरै पाइँदैन । भोकै मर्ने अवस्था आइसक्यो । पहिलो भ्यागुतोले भन्यो– चिन्ता नगर मित्र ! म नजिकैको पोखरीमा बस्छु । त्यो सफा पनि छ र त्यहाँ धेरै किरा, फट्यांग्रा पनि पाइन्छन् । आऊ, तिमी पनि त्यतै हिँड । 

के गर्नु, यहीँ धेरै किरा, फट्यांग्रा पाइने भए मलाई कतै चल्नु पनि पर्ने थिएन । दोस्रो भ्यागुताले दुःखी हुँदै भन्यो । पहिलोले सम्झाउँदै भन्यो– तिमी उता गयौ भने पेटभरि किरा खान पाउनेछौ । दोस्रोले दुःखी हुँदै भन्यो– मेरो जिब्रो तिम्रो पोखरीसम्म पुग्ने भइदिएको भए यहीँ बसीबसी किरा समातेर खान सक्थेँ नि ! पहिलोले सम्झाउँदै भन्यो– तिम्रो जिब्रो त्यति लामो हुन सक्दैन भन्ने तिमीलाई पनि थाहा छ । यस्तोमा बेकारको कुरा सोचेर समय खेर नफाल । खुरुक्क हिँड । 

दुवै कुराकानी गर्दै थिए । त्यहाँ एउटा ठुलो बकुल्लो पोखरीको किनारमा आएर बस्यो । दोस्रो भ्यागुतोले लगभग रुँदै भन्यो– हे भगवान्, यति ठुलो विपत्तिसँगै फेरि अर्को विपत्ति आइलाग्यो । यो बकुल्लो पक्कै पनि मलाई नै खान आएको हो । अब मेरो मृत्यु निश्चित छ । पहिलोले आफ्नो पोखरीतिर दौडिँदै भन्यो– हरेस नखाऊ मित्र मेरो साथ हिँड । 

दोस्रो भ्यागुतोले पहिलोलाई जाँदै गरेको हेरिरहेको थियो, त्यति नै वेला बकुल्लोले आफ्नो चुच्चोले उसलाई च्याप्प समात्यो । बकुल्लाको आहारा बन्दाबन्दै उसले मनमनै सोचिरहेको थियो– बाँकी भ्यागुता कति भाग्यमानी छन् ।