१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
Invalid date format o८:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : गुजरात प्ले अफमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५५:oo

गुजरात टाइटन्स १८औँ इन्डियन्स प्रिमियर लिग (आइपिएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । गुजरातले आइतबार ६०औँ खेलमा दिल्ली क्यापिटल्समाथि १० विकेटको सानदार जित निकाली प्ले अफ स्थान पक्का गरेको हो । गुजरातले १२ खेलमा सर्वाधिक १८ अंक जोडेको छ । रोयल्स च्यालेन्जर्स बेंग्लोर १२ खेलबाट १७ अंक जोडेर दोस्रो स्थानमा छ । पन्जाब किंग्स १७ अंकका साथ तेस्रो स्थानमा छ । बेंग्लोर र पन्जाबको प्ले अफ पुग्ने सम्भावना बलियो छ । 

दिल्लीले पहिलो ब्याटिङ गर्दै २० ओभरमा तीन विकेट गुमाएर १९९ रन बनाएको थियो । प्रत्युत्तरमा गुजरातले १९ ओभरमा कुनै पनि विकेट नगुमाएर २०५ रन बनायो । गुजरातका लागि साई सुदर्शनले ६१ बलमा १०८ रनको शतकीय इनिङ्स खेले । आइपिएलमा उनको यो दोस्रो शतक हो । उनले ६१ बलमा १२ चौका र चार छक्का प्रहार गरे । ओपनर सुभमन गिलले ५३ बलमा सात छक्का र तीन चौकाको सहयोगमा ९३ रन जोडे । 

लोकेशको शतक 
दिल्लीले गुजरातविरुद्ध पहिलो विकेटका लागि गतिलो ब्याटिङ गर्न सकेन । ओपनर फाफ डु प्लेसिस ५ रनमा पेभेलियन फर्के । तर, ओपनर लोकेश राहुलले शतकीय इनिङ्स खेल्दै दिल्लीको ब्याटिङ सम्हाले । उनले ६५ बलमा १४ चौका र चार छक्का प्रहार गरी ११२ रनको योगदान दिए । इनिङ्सको अन्तिमसम्म नटआउट रहेका लोकेशले १७२.३० को स्ट्राइकमा ब्याटिङ गरेका थिए । उनले अभिषेक पोरेल, कप्तान अक्षर पटेल र स्टुबाससँग गतिलो साझेदारी गरेका थिए । अभिषेकले १९ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३० रन बनाए । अक्षरले १६ बलमा २५ रन बनाए । 

पन्जाब १० रनले विजयी
पन्जाबले आइपिएलको ५९औँ खेलमा राजस्थान रोयल्सलाई १० रनले हराएको छ । जयपुरमा पहिलो ब्याटिङ गरेको पन्जाबले २० ओभरमा पाँच विकेट गुमाएर २१९ रन जोडेको थियो । प्रत्युत्तरमा राजस्थानले २० ओभरमा सात विकेटको क्षतिमा २०९ रन बनायो । लक्ष्य पछ्याएको इनिङ्सका अन्तिम ओभरमा राजस्थानलाई २२ रन आवश्यक थियो । राजस्थानले यसै ओभरमा दुई विकेट गुमाउँदा पन्जाबले बाजी मारेको हो । 

पन्जाबको जितमा हरप्रितले घातक बलिङ गरेका थिए । उनले २२ रन खर्चेर राजस्थानका महत्वपूर्ण तीन विकेट लिए । राजस्थानको ब्याटिङमा यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटका लागि ४.५ ओभरमा ७६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । वैभवले १५ बलमा समान चार चौका र छक्का प्रहार गरी ४० रनको योगदान दिए । इनिङ्सको ८.४ ओभरमा ओपनर जैसवाल ५० रनमा आउट भए । उनले २५ बलमा नौ चौका र एक छक्का प्रहार गरे । त्यसपछि मध्यक्रममा राजस्थानका लागि ध्रुव जुरेलले ३१ बलमा चार छक्का र तीन चौकाको सहयोगमा ५३ रन जोडे ।