
सुर्तीजन्य पदार्थ नियन्त्रणमा पुर्याएको योगदानका लागि नेपालले स्विट्जरल्यान्डमा अवार्ड प्राप्त गरेको छ।
विश्व स्वास्थ्य संगठनको ७८औँ सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई महानिर्देशकको विशेष सम्मान अवार्ड प्रदान गरेका हुन्।
मन्त्रालयले हालै क्यान्सर नियन्त्रणका लागि सुर्तीजन्य पदार्थको बाहिरी भागमा शतप्रतिशत चेतावनी छाप्नुपर्ने प्रावधानसहितको सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१ स्वीकृत गरेर कार्यान्वयन प्रक्रिया अघि बढाएको छ।