
ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थ पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेका नो केवलकार पक्षले आफ्नो आन्दोलन जारी रहेको बताएका छन्। शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा निर्माण सुरु गरिएको केवलकार परियोजना खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षले विज्ञाप्तिमार्फत उल्लेख गरेका छन् ।
सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य रोक्नुनपर्ने आदेश दिएको दुई दिनपछि नो केवलकार पक्षले विज्ञप्ति जारी गर्दै केवलकार विरुद्धको आन्दोलन जारी रहेको विज्ञाप्ती मार्फत सर्वजनिक गरेका हुन्। नो केवलकार पक्षअन्तर्गत मुक्कुमलुङ र अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आन्दोलन जारी रहेको बताएका हुन्।
मुक्कुमलुङ अतिक्रमण विरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएका विभिन्न मुद्दाहरु विचाराधीन रहेको भन्दै सबै मुद्दाको किनारा लागि नसकेको र आन्दोलन पनि नटुंगिएको विज्ञप्तिमा उल्लेख छ। नो केवलकार पक्षले पाथीभरामा केवलकार निर्माण गर्ने बाटो खुल्यो भन्ने केही संचारमाध्यममा आएको समाचार भ्रामक भएको पनि विज्ञप्तिमा जनाइएको छ। जुन समाचारले मुन्धुमवादीहरुको भावनामा गम्भीर चोट पुर्याएको र त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ । नो केवलकार पक्षले केवलकार खारेज गर्नुपर्ने मुख्य माग कायम राखी आन्दोलन जारी रहेको र भ्रामक समाचार र प्रचारपछि नलाग्न सबैलाई आग्रह समेत गरेको जनाएको छ।