
काठमाडौंमा आयोजित अन्तराष्ट्रिय स्तरको राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर शनिवार सम्पन्न भएको छ ।
भगवती मानव कल्याण संगठनले पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरेको शिविरमा करिब ३५ सय व्यक्ति नशामुक्त भएका छन् । संगठनले भारतबाट आएका योगिराज शक्तिपुत्रजी महाराजले शक्तिपातको माध्यमबाट उनीहरूलाई नशामुक्त गरेको दाबी गरेको छ ।
शिविर सम्पन्न गर्दै शक्तिपुत्रजी महाराजले भविष्यमा विभिन्न युद्ध हुने, अनेकौँ देशको नक्सा नै बदलिने भए पनि नेपाल स्वाधिन र गौरवशाली रहिरहने बताए । उनले नेपाल र भारत विश्वमै सनातनको सन्देश दिने पवित्र भूमि भएको उल्लेख गर्दै साधकहरू ऋषि पथमा अघि बढ्न तयार हुनुपर्नेमा जोड दिए ।
शक्तिपुत्रजी महाराजले सहभागीलाई नशा, मांशाहारमुक्त चरित्रवान, चेतनावान बनाउनु, पर्यावरणको रक्षा, गौरक्षा ११ संकल्प गराएका छन् ।