१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वक्याम्पसप्रमुखको रुखले च्यापिएर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

हावाहुरीका कारण ढलेको रुखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पसप्रमुखको मृत्यु भएको छ । राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पसप्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

उनका अनुसार आज बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घरनजिकै रहेको सालको ढलेको रुखले चोट लाग्दा भण्डारी गम्भीर घाइते भएका थिए । 

टाउकोमा गहिरो चोट लागेर गम्भीर भएका भण्डारीलाई उपचारका लागि घोडाघोडी अस्पताल सुक्खड पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो । भण्डारीको उपचारका क्रममा १२:४० बजे मृत्यु भएको अवस्थीले जानकारी दिए ।