
आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा आज एक तोला सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । चाँदीमा भने प्रतितोला १०ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार पाँच सय कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मूल्य एक हजार ९७० मा किनबेच भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।