१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Sunday, 11 May, 2025
किभ
२o८२ बैशाख २८ आइतबार o९:५४:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

युक्रेनमा निसर्त युद्धविरामको आह्वान

Read Time : < 1 मिनेट
किभ
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार o९:५४:oo

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनमा विनासर्त ३० दिनको युद्धविराम लागू गर्न आह्वान गरेका छन् । युक्रेनमाथि रुसी हमला बढिरहेका वेला अध्यक्ष लेयनको भनाइ आएको हो ।

युद्धविराम घोषणा नगरिए रुसले थप कडा प्रतिबन्धको सामना गर्नुपर्ने उनले चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत भने, ‘हामी ३० दिनको पूर्ण र विनासर्त युद्धविराम प्रस्तावलाई समर्थन गर्छौं ।’ यो भनाइ फ्रान्स, जर्मनी, बेलायत र पोल्यान्डका नेताले युक्रेनको भ्रमण गरी युद्धविरामका लागि रुसमाथि दबाब दिन आह्वान गरिरहेका वेला सार्वजनिक गरिएको हो ।

लेयनले भने, ‘रुससँग शक्ति भए पनि हामी उसमाथि कडा दबाब कायम राख्नेछौँ । यदि युद्धविराम उल्लंघन भयो भने थप कडा प्रतिबन्ध लगाउन तयार छौँ ।’ यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युक्रेनमा युद्धविरामका लागि निरन्तर आग्रह गरिरहेका छन् ।

तर, क्रेमलिनले आफ्नो आक्रमण रोक्ने कुनै संकेत नदिएको र पश्चिमा देशले युक्रेनलाई हतियार आपूर्ति रोक्न नसकेसम्म युद्धविराम असम्भव हुने चेतावनी दिएको छ । भोन डेर लेयनले थपे, ‘युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्तिको स्थापना युरोपको सुरक्षा तथा स्थायित्वका लागि अत्यन्त आवश्यक छ ।’