१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार o९:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुनरावलोकनका लागि उद्योगीलाई प्राधिकरणको अल्टिमेटम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार o९:३४:oo

नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई डेडिकेटेड फिडर र ट्रंकलाइनबाट प्रयोग गरेको विद्युत् महसुल बक्यौताको प्रशासनिक पुनरावलोकन गर्ने प्रक्रियामा आउन जेठ मसान्तसम्मको अल्टिमेटम दिएको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै उद्योगीलाई जेठ मसान्तसम्म पुनरावलोकन प्रक्रियामा आउन ताकेता गरेको हो ।

‘प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट ०७२ माघदेखि ०७५ वैशाखसम्म विद्युत् उपभोग गरी विद्युत् महसुल बक्यौता रहेका ग्राहकले ०८२ जेठ मसान्तभित्र बिल रकमको ५ प्रतिशतबराबरको रकम नगद वा सोबराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटीबापत जम्मा गरी प्रशासकीय पुनरावेदनका लागि निवेदन दिन सक्ने म्याद कायम गरिएको व्यहोरा सञ्चालक समितिको मिति २०८२/०१/२१ को निर्णयअनुसार सम्पूर्णमा जानकारी गराइन्छ,’ शुक्रबार जारी प्राधिकरणको सूचनामा उल्लेख छ ।