१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format o९:२३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पोखरा स्पोर्टस् अवार्ड : विश्वास र अरुणा उत्कृष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२३:oo

भलिबलका विश्वास अधिकारी र भलिबलकै अरुणा शाही (म्याग्दी) पोखरा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । शुक्रबार पुरुषतर्फ नवलपुरका विश्वास र महिलातर्फ म्याग्दीकी अरुणा उत्कृष्ट भएका हुन् । अरुणा नेपाल राष्ट्रिय भलिबल टोलीकी कप्तानसमेत हुन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको प्रतियोगितामा विश्वासले फुटबलका सुमित श्रेष्ठ (कास्की) र टेनिसका प्रदीप खड्का (कास्की)लाई पछि पारेका हुन् । अरुणाले फेन्सिङकी कृपा गुरुङ (स्याङ्जा) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर (बागलुङ)लाई पछि पार्दै अवार्ड हात पारेकी हुन् । 

कार्यक्रमअन्तर्गत ओलम्पियन भगवती खत्री केसीले लाइफटाइम अचिभमेन्ट अवार्ड हात पारिन् । बागलुङ घर भएकी सुटिङकी भगवतीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक हात पारिसकेकी छिन् भने ०५१ सालदेखि गण्डकी प्रदेशमा सुटिङ प्रशिक्षकका रूपमा खेलाडीलाई निःशुल्क प्रशिक्षण दिँदै आएकी छिन् । 

रचना उदीयमान र तामाङ उत्कृष्ट प्रशिक्षक 
उदीयमान खेलाडीको अवार्ड क्रिकेटकी रचना चौधरी (कास्की)ले हात पारेकी छिन् । रचनासँगै मनोनयनमा भलिबलका जितबहादुर सार्की (स्याङ्जा) र एथलेटिक्सका बादल कार्की थिए । उत्कृष्ट प्रशिक्षकको अवार्ड फुुटबलका राजेन्द्र तामाङ (कास्की)ले हात पारे । तामाङले टेनिसका नीरज थापा (कास्की) र भलिबलका रमेश केसी (स्याङ्जा)लाई पछि पारेका थिए ।

यसैगरी, उत्कृष्ट खेलकुद संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले हात पा¥यो । भलिबलका लागि उर्वर भूमि म्याग्दीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने खेलाडीसँगै प्रशिक्षक, रेफ्री उत्पादन गरिसकेको संघ ०६१ सालमा गठन भएको हो । 

सात विधामध्ये वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड विजय नेपालले हात पारे । वितरण गरिएका सात अवार्डमध्ये लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेले चाँदीको करुवा पाए । वर्ष खेलाडी पुरुष र महिलाले स्कुटर, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, प्रशिक्षक, पत्रकार र खेलकुद संघ–संस्था र क्लबले नगद ३५ हजार हात पारेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा खेलकुदमन्त्री विन्दुकुमार थापा, विशेष अतिथि पोखरा महानगरपालिका मेयर धनराज आचार्य, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, आयोजक मञ्चका अध्यक्ष एमबी आस्था मगरलगायतले विजेतालाई अवार्ड वितरण गरेका थिए ।