१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025
२o८२ बैशाख २७ शनिबार १५:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार १५:o४:oo

खानेपानीमन्त्री प्रदीप यादवले देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन्। आज वीरगन्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्यांकीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि प्रयाप्त बजेट विनियोजन गरिने बताए। 

उनले भने, ‘नागरिकलाई शुद्ध सुरक्षित खानेपानी वितरण गर्नु मेरो प्रमुख लक्ष्य हो। खानेपानीका क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन्छ। सबै नागरिकलाई सुरक्षित पानी वितरण गछौँ।’ आगामी आर्थिक वर्ष ०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गरिने मन्त्री यादवले बताए। 

उनले भने ‘आगामी वर्ष सबै तराई, मधेश, हिमाल र पहाडका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउने हेतुले सिंगो मन्त्रालय लागि परेको छ। खानेपानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रूपमा सञ्चालन गर्नेछौँ।’ नागवा खानेपानी ओभरहेड ट्यांकी आयोजना १८ महिनाभित्र सम्पन्न गरिने लक्ष्य राखिएको र आफूले मन्त्रीको हैसियतले यथासमयमा काम सम्पन्न होस् भनेर नियमित अनुगमन गर्नेसमेत मन्त्री यादवले आश्वासन दिए। 

यस आयोजनाबाट वडा नं १५ र १६ का करिब तीन हजार पाँच सय घरधुरी लाभान्वित हुने खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले जानकारी दिए। उनका अनुसार हालसम्म खानेपानीको अभावमा दैनिक जीवनमा कठिनाइ भोगिरहेका यहाँका नागरिकलाई उक्त आयोजना सम्पन्न भएपश्चात् सहज, शुद्ध र पर्याप्त पानी आपूर्ति हुने विश्वास लिइएको छ।

आजको उक्त कार्यक्रममा वीरगन्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह, वडा नं–१६ का वडासदस्य लवंगी देवी, वीरगन्ज–१५ का वडाध्यक्ष रमेश यादव, वडा नम्बर १६ का वडासदस्य प्रमोद यादव, जसपा जिल्ला अध्यक्ष तथा बहुदरमाईका नगरप्रमुख सिंघासन साह तेली, जिल्ला समन्वय समिति पर्साको प्रमुख अजय सर्राफ, जसपा केन्द्रीय सदस्य जन्नत अन्सारी, जसपा केन्द्रीय सदस्य पुरुषोत्तमलाल झालगायतको सहभागिता रहेको थियो।