१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख २७ शनिबार १५:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार १५:१o:oo

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्रीनिवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्राडा रमेशकुमार ढुंगेल र रजिस्ट्रार डा. डम्बरध्वज चेम्जोङले शपथ लिएका हुन्।

नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिस्ट्रार चेम्जोङलाई शपथ गराएका हुन्। त्यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलगायत उपस्थिति रहेको थियो।