१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाकिस्तानबाट विद्यार्थी उद्धार गर्न शिशिर खनालको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o४:oo

रास्वपा सांसद शिशिर खनालले पाकिस्तानबाट विद्यार्थी उद्धार गर्न माग गरेका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद खनालले पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गरेका छन्।  ‘तुरुन्त उद्धार र सुरक्षाको पहल होस्,’ उनले भने। 

सांसद खनालले भारत–पाकिस्तान द्वन्द्वका सम्बन्धमा यो संसद्लाई समग्र परिस्थितिको मूल्यांकन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रुलिङको माग पनि गरे। ‘एक नेपाली नागरिकसहित २६ जनाको ज्यान लिने गरी पहलगाम, कस्मिरमा भएको आतंकवादी हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कडा निन्दा व्यक्त गर्दछ। आतंकवादले कसैको पनि हित गर्दैन।’

‘पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबिच तनावको अवस्था देखिएको छ। आफ्नो छिमेकी मात्र हाेइन SAARC को अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वाभाविक चासो हुनुपर्दछ। परराष्ट्र मन्त्रालयाले ढिलै गरेर भए पनि हिजो साँझ व्यक्तव्यमार्फत सार्वजनिक गरेको ‘आतंकवादका  विरुद्धको अडान’को स्वागत गर्दे, भारत–पाकिस्तानबिच ‘युद्ध’को स्थिति बन्न गएमा  नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृंखलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्न सक्ने प्रभावसम्मको आकलन गरी  योजना निर्माण गर्न माग गर्दछु। यसैबिच, पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गरेका छन्। तुरुन्त उद्धार र सुरक्षाको पहल होस्। साथै, यो संसद्लाई समग्र परिस्थितिको मूल्यांंकन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रुलिङ होस् भनी माग गर्दछु,’ उनले भने ।