
भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ ।
शुक्रबार दूतावासले सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ ।
त्यस्तै, आपतकालीन अवस्था आएमा नयाँदिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकातामा आवश्यक समन्वय र सहजीकरणका लागि सम्पर्क गर्नसमेत सूचनामा आग्रह गरिएको छ ।