१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अब स्वास्थ्य बिमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपिएसबाट गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:o३:oo

स्वास्थ्य बिमाको नवीकरण पेमेन्ट वालेट र आइपिएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ। स्वास्थ्य बिमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए। नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो। अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भएपछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बिमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेका छन्। जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ।

अनलाइन नवीकरण विगतमा नै निर्णय भए पनि अभ्यासमा आएको थिएन। अब नागरिकले तत्काल यो सेवाबाट नवीकरण गर्न सक्ने सूचना अधिकारी विकेश मल्लले जानकारी दिए ।  हाल एजेन्टमार्फत मात्र बिमा नवीकरण गरिने व्यवस्था छ। यसले चाहेको समयमा तत्काल नवीकरण गर्न चाहनेलाई समस्या छ । याे समस्या हटेर नवीकरण दर वृद्धि हुने अपेक्षा बोर्डले गरेको छ।