१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

रहेनन् वामपन्थी नेता प्रदीप नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३९:oo

वामपन्थी नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री प्रदीप नेपालको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा नेता नेपालको केहीबेरअघि निधन भएको हो।

चर्चित प्रगतिशील साहित्यकारसमेत रहेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। केहीबेरेअघि नेता नेपालको निधन भएको उनका भान्जा सुरेश निरौलाले पुष्टि गरे।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसियूमा उपचारका लागि ल्यााइएको थियो। नेपालको थुप्रै पुस्तकहरूसमेत प्रकाशित छन्। 

कोअर्डिनेसन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटक-पटक एमाले स्थायी समिति सदस्य रहेका उनी नवौँ महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासी बनेका थिए। उनी पाँच दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए।