१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २३ मंगलबार २३:३o:oo
Read Time : < 1 मिनेट
समाचार

सशस्त्र प्रहरीको १ सय ८० जनाको टोली साउथ सुडान प्रस्थान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार २३:३o:oo

 संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू)मा बदलीको लागि सशस्त्र प्रहरी बलको १२औँ डफ्फाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । 

    सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक जहरसिंह बुढाको कमान्डमा  उनीसहित  १ सय ८० जनाको टोली ईथियोपियन एयरलाइन्सद्वारा बैशाख २३ गते राती त्यस तर्फ प्रस्थान गरेको  हो । 
    सो टोलीलाई यही बैशाख २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हार्दिक बिदाई गरेको थियो। सशस्त्रको एफपीयू मिसन साउन सुडानको जुबामा खटिदै आएको छ ।