१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १५:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन : ज्ञानेन्द्र शाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १५:१५:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार नगर्न चेतावनी दिएका छन् । 

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार नगर्न आग्रह गर्दै राजसंस्थालाई छलकपटबाट फालिएको आरोप लगाएका छन् । 

सांसद शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने बताए । उनले भने,  ‘कसैको राजनीतिक आस्थामाथि ठाउठाउँमा प्रश्न भएको छ । अघि यहाँ एक जना माननीयज्यूले भन्नुभयो । बाघ होइन भन्नुभयो । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन । राजा बाघ नै हो ।’ 
सांसद शाहीले अहिलेको संविधान र व्यवस्था विदेशीहरूले ल्याइदिएको दाबी गरे ।

उनले भने, ‘तपाईंहरूको यो क्रान्ति के–के भन्नुहुन्छ, कहाँबाट आयो भन्ने कुरा त स्पष्ट थाहा छ नि । हरेकको जन्म त विदेशमै भएको हो नि त । चाहे १२ बुँदेको कुरा गर्नुस्, चाहे नेताहरू लुक्ने कुरा गर्नुस्, यो मैले भनेको होइन ।’