
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले एक रात सुत्नुभन्दा अगाडि नाफामा भएको विद्युत् प्राधिकरण उठ्दा घाटामा गएको कुरा सरकारले जवाफ दिनुपर्ने बताएका छन् । मंगलबार सरकारको ०८२/८३ को नीति तथा कार्यक्रमको सन्दर्भमा आफ्नो भनाइ राख्ने क्रममा उनले त्यति ठुलो संस्थाको विषयमा यस्तो कुरा बाहिरिँदा सरकारले जवाफ दिनुपर्ने उल्लेख गरे ।
उनले विद्युत् प्राधिकरण पक्ष र प्रतिपक्षको नभएर सबैको साझा भएकाले यसको जवाफ सरकारले दिनैपर्ने बताए । सरकारले समाजवादउन्मुख आर्थिक तथा राजनीतिक शीर्षक राखे पनि नीति तथा कार्यक्रममा त्यो विषय नसमेटिएको उल्लेख गरे ।
चालू आर्थिक वर्षको १० महिनामा ३१.९ प्रतिशत मात्र विकास खर्च भएको भन्दै सरकारको चित्र यही हो भन्दै प्रश्न गरे । उनले सरकारले सच्याउनुपर्नेमा जोड दिए। आठ अर्ब रकम वित्तीय संस्थामा भएको र ऋणको दर घटाउँदा पनि नागरिक ऋण लिन नगएको भन्दै उनले अर्थतन्त्र चलायमानका लागि सरकारको योजना खै भनेर प्रश्न गरे वैदेशिक राजेगारीबाट फर्किएका युवाहरूलाई रोजगारी दिने कुरा नीति तथा कार्यक्रममा नभएको भन्दै उनले हाइकाढ्ने खालको नीति तथा कार्यक्रम आएको आरोप लगाए । उनले भने, ‘हामीले विरोध गर्न पनि ओठ माप्नुपर्ने नीति तथा कार्यक्रम ल्याउनुपर्थ्याे किन हाइकाढ्ने खालको ल्याउनुभो ?’
उनले नेपाल टेलिकम, वायुसेवा निगम, रेल्वे कम्पनी, दुग्ध विकास संस्थान, खानेपानी संस्थान, औधषि लिमिटेड उदयपुर सिमेन्ट काराखाना हेटौँडा काराखाना, जडीबुटी कम्पनी, वन निगम बुटवल धागो, सार्वजनिक विद्यालय र विश्वविद्यालय सुधार गर्ने कार्यक्रम खाेइ भनेर सरकारसँग प्रश्न गरे ।