
वामपन्थी नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री प्रदीप नेपालको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा नेता नेपालको केहीबेरअघि निधन भएको हो।
चर्चित प्रगतिशील साहित्यकारसमेत रहेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। केहीबेरेअघि नेता नेपालको निधन भएको उनका भाञ्जा सुरेश निरौलाले पुष्टि गरे।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसीयुमा उपचारका लागि ल्यााइएको थियो। नेपालको थुप्रै पुस्तकहरुसमेत प्रकाशित छन्।
कोअर्डिनेशन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटकपटक एमाले स्थायी समिति सदस्य रहेका उनी नवौं महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासी बनेका थिए। उनी पाँच दशकभन्दा बढि समय कम्युनिष्ट आन्दोलनमा सकृय थिए।