१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २३ मंगलबार १३:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री प्रचण्डलाई सांसद योगेश भट्टराईले सम्झाए आफ्नो कार्यकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार १३:o४:oo

नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा नहान्न आग्रह गरेका छन् ।

मंगलबार संसदमा सरकारको ०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा आफ्नो भनाइ राख्दै उनले ७६ (२) अनुसार प्रचण्डको नेतृत्वमा सरकार बन्दा प्राकृतिक र ७६ (२) अनुसार नै केपी ओलीको नेतृत्वमा सरकार बन्दा कसरी अप्राकृतिक भयो भनेर प्रश्न गरे । उनले सरकार स्वार्थ समूह र बिचौलियाको बन्यो भन्ने प्रचण्डको भनाइ सत्ताच्युत हुनुको पीडाबाहेक केही नभएको उल्लेख गरे । 

उनले दमकमा बनेको टावरको विरोध गर्नुअगाडि आफूले लिवाङमाथिको डाँडामा बनाएको टावर र बाटैभरि बनाइएका सालिक हेर्न आग्रह गरे । उनले दमकको टावर बनाउँदा ठुलै अपराध गरेजसरी गीत गाउन जरुरी नभएको बताए । उनले प्रचण्डलाई अरूले नेतृत्व गरेको सरकारलाई औँला ठड्याउनुअघि आफूतिर फर्किएर हेर्न अनुरोध गरे ।

उनले भने, ‘तपाईंले प्रधानसेनापति हटाउनुभएको थियो । काम गरिरहेको मुख्यमन्त्रीलाई हटाउनुभयो । तर, केपी ओलीको सरकारले आफूसँग ट्युनिङ नमिलेको सहसचिव हटाउँदा तपाईंको मुटुमै गोली लागेजस्तो किन भयो ?’

उनले शिक्षक र सरकारबिच १५ दिनअगाडि नै भएको सहमति कार्यान्वयन भएको भन्दै विपक्षी दलको उक्साहटले शिक्षकहरू १५ दिन बढी सडकमा बसेको उल्लेख गरे ।