१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
Invalid date format १o:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चट्याङ लागेर बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२१:oo

कटारी नगरपालिकामा चट्याङ लागेर  बालकको मृत्यु भएको छ । कटारी– ८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर बलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए।

सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए। ‘साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्,’ वडाध्यक्ष तामाङले भने, ‘खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएछन्।’

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंले घटनाको  थप अनुसन्धान हुने जानकारी दिए।