Skip This
कक्षा १२ को परीक्षा अन्योलमा, मंगलबार बिहान बोर्ड बैठक बस्दै 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ बैशाख ८ सोमबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ८ सोमबार २२:२९:oo
Read Time : < 1 मिनेट
समाचार

कक्षा १२ को परीक्षा अन्योलमा, मंगलबार बिहान बोर्ड बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ८ सोमबार २२:२९:oo

शिक्षक आन्दोलनका कारण बिहीबारदेखि सुरु हुने कक्षा १२ को परीक्षा अन्योलमा परेको छ। तीन दिनअघिसम्म पनि आन्दोलनरत शिक्षकसँग सहमतिको सम्भावना नभएपछि परीक्षा नै अन्योलमा परेको छ।  

यही विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बिहान बैठक बोलाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाका सम्बन्धमा देखिएका समस्याबारे मंगलबार विहान बोर्ड बैठक राखिएको बताए । ‘बोर्डले एक्ले परीक्षा सञ्चालन गर्न सक्दैन, यसबारेमा छलफलको लागि भोली बोर्ड बैठक राखिएको छ, त्यसमा शिक्षा सचिवलगायतको सहभागिता रहन्छ,’ उनले भने, ‘परीक्षा चलाउन सक्ने वा नसक्ने निर्णय त्यही बैठकमा हुन्छ ।’

शिक्षा बिधेयकको माग गर्दै विगत २० दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन्। जसकारण देशभरीका सामुदायिक बिद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुन सकेको छैन भने १२ कक्षाको परीक्षा समेत प्रभावित हुन लागेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका मागहरु तत्काल पूरा गर्न नसकिने बताएका छन्। शिक्षकहरु माग पूरा नभएसम्म बिद्यालय नफर्कने अडानमा छन्। सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि यस विषयमा कुनै छलफल भएन।