मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मोहन राईले पाए आशा भोसलेसँग गीत गाउने दुर्लभ अवसर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४५:oo

विभिन्न भाषाका १५ हजारभन्दा बढी गीत गाएर गिनिज बुकमा नाम लेखाइसकेकी चर्चित भारतीय गायिका आशा भोसलेसँग गीत गाउने नेपाली कलाकारको संख्या नगन्य छ।

पछिल्लो समय ९२ वर्षको उमेरमा उनले युवा गायक मोहन राईसँग नेपाली गीतमा स्वर दिएकी छिन्। मोहन हालै मात्र मुम्बई पुगेर ८४ वर्षीय रन्जित गजमेरको संगीत रहेको ‘यो हाम्रो माया’ बोलको गीतमा आशासँगै स्वर भरेर नेपाल फर्किएका हुन्। 

‘ऐतिहासिक र दुर्लभ क्षण बटुलेर फर्किएको छु। गायक कैलाश खेरको कैलाशा स्टुडियो मुम्बईमा गीत रेकर्ड गराउने अवसर मिल्यो। नेपाली गायक–गायिकाहरूका लागि सम्भवतः यो दुर्लभ क्षण हुनुपर्छ,’ उनले भने, ‘आशा दिदीलाई नेपाली संगीतमा भित्र्याउने रञ्जित गजमेरकै सामिप्यतामा रहेर गीत रेकर्ड गराएका छौँ। केही महिनाभित्र सार्वजनिक गर्छौँ।’

राष्ट्रिय भाव र मायाप्रेमका गीत गाउन रुचाउने मोहनले आफ्नो तेस्रो एल्बमका लागि आशा भोसलेसँग गीत गाएका हुन्। जसमा रञ्जित गजमेरको संगीत छ। ‘मायाको खेल’ र  ‘कस्तो सपना’पछि नयाँ एल्बमको तयारी गरिरहेको छु । चारवटा गीत तयार भइसके,’ उनले भने, ‘गीतकारहरूमा वामदेव गौतम, पवन चाम्लिङ, गौरव गुरुङ, टेक तामाङ, अशोक बान्तवा समेटेको छु । संगीतमा रञ्जित गजमेर, नरहरी प्रेमी, कन्काइस्ट राईले साथ दिनुभएको छ।’

मोहनले संगीतमा रुचि राख्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सिक्किमका पूर्वमुख्यमन्त्री डा. पवन चाम्लिङ (किरण)लगायत नेता, कर्मचारी प्रशासकहरूको गीत गाइसकेका छन्। इलामनिवासी राईले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट ०७१ सालमा आफ्नो पहिलो एल्बम विमोचनसमेत गराएका थिए। पछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री राष्ट्रिय विभूषणबाट पनि विभूषित भएका थिए।