१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 29 May, 2025
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ।

प्रदेश मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले ऐन संशोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए।

विभिन्न दफा र उपदफाहरूमा संशाेधन गर्नुपर्ने आवश्यकता देखिएपछि सरकारले ऐन संशाेधनको प्रस्ताव अघि बढाएको जनाएको छ। २०८० असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते सभाबाट पारित भएको थियो। प्रदेश प्रमुखले विधेयकलाई मंसिर २१ गते प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आएको थियो।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार प्रदेश सभामा ऐन संशाेधनको प्रस्ताव दर्ता हुनेछ। आगामी प्रदेश सभा बैठकमा ऐन संशाेधन प्रस्ताव पेस हुने सम्भावना छ।