Skip This
जनतामा निराशा बाँड्ने काम बन्द गरौँ : माओवादी उपमहासचिव पुन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 30 May, 2025
Invalid date format १९:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जनतामा निराशा बाँड्ने काम बन्द गरौँ : माओवादी उपमहासचिव पुन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३७:oo

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जनतामा निराशा बाँड्ने काम रोकिनुपर्ने बताएका छन्।

गृहजिल्ला रोल्पाको माडीचौर रंगशालामा मंगलबार आयोजित माघे संक्रान्ति महोत्सव तथा खेलकुद कार्यक्रममा पुनले निराशा बाँडेर मुलुकको विकास र समृद्धि नहुने बताए। 

नकारात्मकता र निराशा बाँड्नेहरूले समाज बदल्न र मुलुकको नेतृत्व गर्न नसक्ने उनको भनाइ थियो। पुनले पछिल्लो समय मुलुकमा धेरै राम्रा कामहरू पनि भएको भन्दै नकारात्मकता हाबी भएका कारण सकारात्मक कामहरूले कम चर्चा पाएको उल्लेख गरे। 

‘समाजमा निराशा बाँड्ने र नकारात्मकता फैलाउने कामहरू हुन थालेका छन्,’ पुनले भने, ‘संसारमा निशारा बाँड्नेहरूले कहिल्यै पनि नेतृत्व गर्न सकेका छैनन् र उनीहरूले समाजका लागि सम्झनलायक योगदान दिन सकेको उदाहरण पनि छैन।’ 

पुनले नेपाल सूचना प्रविधि र यातायातको विकासमा संसारका विकसित मुलुकहरूकै दाँजोमा रहे पनि शिक्षा, स्वास्थ्य र अन्य भौतिक पूर्वाधारमा केही पछि रहेको भन्दै सबै मिलेर मुलुक निर्माण गर्नुपर्ने औँल्याए । 

‘आधुनिक नेपालको निर्माण नहुँदै युरोपमा तीन सय वर्षअघि नै औद्योगिक क्रान्ति भएको थियो, हामीले अहिले नेपाल युरोपजस्तो भएन भनेर हुँदैन,’ उनले भने, ‘कतिपय कुरामा हामीले अमेरिका र युरोपको दाँजोमा विकास पनि गरेका छौँ। केहीमा पछि छौँ। मुलुकको विकास जरुरी छ। त्यसका लागि दलहरूबीच सहकार्य र एकताको विकल्प छैन।’

पुनले आफ्नो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारको एकवर्षे कार्यकालमा धेरै राम्रा कामहरू भएको र अर्को एक वर्ष थप काम गर्ने प्रयत्नमा प्रधानमन्त्री लागि परेको बताए। 

प्रधानमन्त्रीको बितेको एकवर्षे कार्यकाल सुशासन र भ्रष्टाचार नियन्त्रणमा सम्झनलायक भएको दाबी उनले गरे। पुनले आगामी आर्थिक वर्ष ०८०-८१ को नीति तथा कार्यक्रम ठूलाबडाको पहुँचका आधारमा नभई मुलुक र जनताको आवश्यकताका आधारमा तय हुने बताए। 

प्रधानमन्त्रीले अहिल्यैदेखि त्यस दिशामा काम अघि बढेको भन्दै पहिलोपटक व्यापक जनसहभागितामा विकासका योजना छनोट गर्ने तयारी भइरहेको जानकारी उनले दिए।

फरक प्रसंगमा उनले विशेष गरी माघी पर्व मगर र थारू समुदायको भए पनि सबै जातजाति र समुदायले मान्ने सदभावको पर्व भएको उल्लेख गरे। उनले नेपालको मौलिक कला, संस्कृति र पहिचानको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने औँल्याए।