१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:४o:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

एमाले सचेतक महेशकुमार बर्तौलालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४o:oo

संसद्को अवरोध कहिलेसम्म चल्ने हो ?
हामीले संसद्मा देश र जनताका माग र मुद्दा उठाउने हो । सत्तापक्षले संसद्मा सरकारको प्रशंसामा गीत गाउँछ भने प्रतिपक्षले सरकारका कमजोरीमाथि खबरदारी गर्छ । सत्तापक्षको अनावश्यक हठका कारण अवरोध लम्बिएको हो । यो हाम्रो रहर होइन । आज (मंगलवार) संसद् बैठक बोलाइएको छ । बैठकमा हामी आकस्मिक समय, शून्य समय र विशेष समयमा सांसदहरूले बोल्ने क्रममा विरोध गर्दैनौँ । तर, बैठक सरकारी एजेन्डामा प्रवेश गर्नासाथ उभिएर विरोध गर्छौं । 

निरन्तरको अवरोधले पार्टीको ‘इमेज’मा क्षति पुग्ने सम्भावना हुन्छ कि हुँदैन ?
संसद् अवरुद्ध भइरहोस् भन्ने हाम्रो चाहना होइन । जनता लगातारको अवरोध चाहँदैनन् । यसले जनतामा निराशा बढाएको छ । यसले दलहरूको इमेजमा क्षति पु¥याउँछ भन्नेमा पनि हामी सचेत छौँ । तर, संसद्मा प्रतिपक्षले सरकारका गलत कामकारबाही, भ्रष्टाचार, महँगी, तस्करी आदि विषयमा बोलेरै खबरदारी गर्ने हो । भ्रष्टाचार र सुन तस्करी जस्ता विषयमा सरकारले आफ्ना मान्छेलाई छुँदै नछुने नियत देखाएकाले हामीले बाध्य भई संसद् अवरोध गरेका हौँ । सरकारको हठका कारण संसद्मा अवरोध भएको हो । सरकारले चाहेमा यो तुरुन्तै खुल्छ । 

अहिले ल्याइएको ‘मध्यमार्गी’ प्रस्तावबारे के भन्नुहुन्छ ?
यस्तो प्रस्ताव स्वीकार्य छैन । संसद्मा सरकार बहुमतमा हुन्छ । संसदीय समितिमा पनि उसकै बहुमत हुन्छ । त्यसैले, हामीले उच्चस्तरीय न्यायिक समिति भनेका हौँ । यस्तो समितिले सिआइबीको अनुसन्धानमा हस्तक्षेप गर्ने होइन, सघाउने हो ।