Skip This
जेरुसेलमकाे प्रार्थना सभामा आक्रमण, ४२ जना पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
Invalid date format १९:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जेरुसेलमकाे प्रार्थना सभामा आक्रमण, ४२ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४४:oo

पूर्वी जेरुसेलममा प्रार्थना सभाका लागि भेला भएका श्रद्धालुमाथि बन्दुकधारी एक प्यालेस्टिनीले शुक्रबार सातजनाको हत्या गरेका थिए। 

प्रहरीले आक्रमणकारीका परिवारका सदस्यसहित ४२ जनालाई शनिबार नियन्त्रणमा लिएको छ। आक्रमणमा उनीहरू संलग्न रहेको आशंकामा सोधपुछका लागि पक्राउ गरिएको इजरायली प्रहरीले विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा पक्राउ परेकाहरूका सम्बन्धमा विस्तृत विवरण नदिए पनि उनीहरू पूर्वी जेरुसेलमको समीप प्यालेस्टाइनका बासिन्दा भएकाे जनाइएको छ। 

प्यालेस्टिनी लडाकु समूहले आक्रमणको प्रशंसा गरे पनि त्यसको जिम्मेवारी लिएको छैन। उक्त समूहले पश्चिम किनारा र गाजापट्टीमा मिठाई बाँडेर खुसियाली मनाएको थियो। 

पश्चिम किनारामा इजरायलले गरेको सुरक्षा कारबाहीमा नौजना प्यालेस्टिनी मारिएको अर्को दिन उक्त आक्रमण भएको हो। इजरायलले उक्त आक्रमणलाई आतंकवादी हमला भनेको छ। 


जर्मन चान्सलर ओलाफ स्कोल्जले शनिबार जेरुसेलममा भएको ‘भयानक’ आक्रमणबाट आफू स्तब्ध भएको बताएका छन्। इजरायलको केन्द्रमा भएको आक्रमणमा केही मानिसहरूको मृत्यु भएको छ भने केही घाइते भएका छन्। 

शुक्रबार एक सभाघरमा भएको आक्रमणमा सातजनाको मृत्यु भएको थियो। यस्तै, शनिबारको आक्रमणमा दुईजना घाइते भएका छन्। चान्स्लरले ट्विट गर्दै पीडितप्रति संवेदना व्यक्त गर्दै जर्मनी इजरायलको पक्षमा रहेको बताएका छन्।