Skip This
चुरियामाई मन्दिरनजिकै सेना चढेको ट्रक दुर्घटना, करिब १२ जना घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
२o८२ भदौ ३१ मंगलबार १५:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुरियामाई मन्दिरनजिकै सेना चढेको ट्रक दुर्घटना, करिब १२ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार १५:२१:oo

मकवानपुर र बाराको सिमाना महेन्द्र राजमार्गअन्तर्गत चुरियामाई सडकखण्डमा नेपाली सेना चढेको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते भएको प्रारम्भिक जानकारी आएको छ ।

प्रत्यक्षदर्शीका अनुसार ट्रक जिप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको छ । दुर्घटनामा परेका सेनाको उद्धार गरेर उपचारका लागि हेटौँडातर्फ लगिँदै गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

ट्रक तनहुँबाट मकवानपुरको हेटौँडाबाट धनुषातर्फ जाँदै गरेको प्रारम्भिक जानकारी पाएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको उनको भनाइ छ ।