
पत्रकार केशव खड्कालाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गर्दै खड्कालाई चलचित्र निर्माता रोहित अधिकारीसहितको समूहले धम्की दिएको महासंघको एसोसियट संस्था चलचित्र पत्रकार संघ नेपालले जनाएकाले महासंघकाे ध्यान आकृष्ट भएको बताए ।
प्रकाशित समाचारप्रति असहमति रहे खण्डन गर्ने विधिमा जानुको साटो पत्रकारमाथि जाइलाग्नु अत्यन्तै दुःखद भएको भन्दै महासंघले घटनाको निन्दा गरेको छ । महासंघले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रशासनसँग मागसमेत गरेको छ ।