
प्रहरीले एच एन्ड बी डेभलपमेन्ट बैंक घोटाला प्रकरणका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानरपालिका– १४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुरको सूर्यविनायक नगरपालिका– ५ का ५० वर्षीय अरविन्द्र श्रेष्ठ छन् ।
फरार रहेका उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी )ले पक्राउ गरेको हो।
दुईमध्ये प्रधानविरुद्ध नाै करोड २१ लाख ५० हजार जरिवाना र सात वर्ष कैद सजाय भएको थियो भने श्रेष्ठविरुद्ध दुई करोड ५० लाख रूपैयाँ र तीन वर्ष कैद सजाय भएको सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताए । सिआइबीका अनुसार बैंकको घोटाला प्रकरण ०६९ सालमा सार्वजनिक भएको थियो।