मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
२o८२ भदौ २० शुक्रबार १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार १४:३२:oo

नेपाल कम्युनिस्ट पार्टी (एमाले) पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबिचको सहमतिप्रति चीनसमक्ष आपत्ति दर्ज गरिएको बताएका छन् ।

यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटमा आफूले असहमति राखेको स्पष्ट गरे ।

ललितपुरको सनराइज सभाहलमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताए । प्रधानमन्त्री ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई)मा कुनै समर्थन नगरिएको पनि स्पष्ट गरे ।


 

छुटाउनुभयो की ?