मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 23 August, 2025
Invalid date format १८:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हैजा रोगीहरूको अवस्था बुझ्न मन्त्री यादव वीरगन्जका विभिन्न अस्पतालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५८:oo

खानेपानीमन्त्री प्रदीप यादव हैजाका बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि वीरगन्जका विभिन्न अस्पतालमा पुगेका छन्। शनिबार वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेसँगै यहाँको नारायणी अस्पताल, तराई हस्पिटल, वीरगन्ज हेल्थ केयरलगायतका विभिन्न अस्पतालहरूमा उपचाररत हैजाका बिरामीहरूको अवस्था, खानेपानीको स्रोत, सरसफाइ, तथा ढल व्यवस्थापनको वास्तविक अवस्थाका बारेमा प्रत्यक्ष रूपमा जानकारी लिएको मन्त्री यादवले जानकारी दिए।

यसैगरी, मन्त्री यादवले आफ्नो विशेष निर्देशनमा, अहिले हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी शुद्धीकरणका लागि ‘पियूष’लगायतका आवश्यक सामग्रीहरूसहितको मोबाइल टोली परिचालन गरिएको र उक्त टोलीले पानीको परीक्षण कार्य तीव्र रूपमा अघि बढाइरहेको बताए।

मन्त्री यादले स्थानीय अधिकारीहरूसँग समन्वय गर्दै हैजा नियन्त्रणका लागि आवश्यक तत्कालीन तथा दीर्घकालीन उपायहरू कार्यान्वयन गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएकोसमेत जानकारी दिए।