मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ५ बिहीबार २o:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपसभामुख राना अमेरिकामा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार २o:oo:oo

उपसभामुख इन्दिरा राना अमेरिकामा सम्मानित भएकी छिन्। अमेरिकाको बोस्टन सिटी काउन्सिलले सामाजिक न्याय र कैदीबन्दीका बालबालिकाको सेवामा योगदान गरेको भन्दै बिहीबार आयोजित  समारोहमा सम्मान गरेको हो।

काउन्सिल एडलार्ज एरिन मर्फीले उनलाई सम्मान गरेका हुन्। सामाजिक न्याय र असहाय बालबालिकाको हितमा समर्पित सेवाको उच्च मूल्यांकन गर्दै सम्मान गरेको बोस्टन सिटी काउन्सिलले जनाएको छ।

उनले दुई हजारभन्दा बढी बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै शिक्षा, आश्रय र उज्यालो भविष्यको अवसर प्रदान गरेकी छिन्। 

कार्यक्रममा उपसभामुख रानाले समाज सेवामा आफूले बिताएको समय, नेपालले महिला र बालबालिका क्षेत्रमा गरेको प्रगति, समानुपातिक समावेशिताबारे धारणा राखेकी थिइन्।

बोस्टन सिटी काउन्सिलले आयोजना गरेको ‘नेपाल र अमेरिकामा लोकतान्त्रिक प्रगति, चुनौती र अवसर’ विषयक उच्चस्तरीय संवाद कार्यक्रममा सहभागी हुन उपसभामुख राना अमेरिका भ्रमणमा छिन्।