मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
कमल खत्री म्याग्दी
Invalid date format १९:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राहुघाटको बाँधस्थलमा सुक्खा पहिरो जाँदा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १९:५८:oo

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको सुक्खा पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

सोमबार दिउँसो आयोजनाको बाँधस्थल दग्नामको फेदीमा गएको सुक्खा पहिरोको ढुंगा लागेर आयोजनामा कार्यरत मजदुर चितवन घर भएका लालबहादुर सुनार र बागलुङको तमानखोला गाउँपालिका– १ का सुजन बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सूचना अधिकारी सागर पौडेलले जानकारी दिए।

उनका अनुसार पहिरोको ढुंगाले लागेर पाँचजना घाइते भएका छन्। घटनास्थलमा मौवाफाँट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीसहित आयोजनाका मजदुरहरूले घाइतेहरूको उद्धार गरी उपचारको लागि पठाएका थिए। घाइतेमध्ये धरमनाथ कुशहवा, भैयाराम चौधरी र चुमान पुनलाई प्रदेश अस्पताल बेनीमा उपचारपश्चात् थप उपचारको लागि पोखरा रेफर गरिएको छ भने कुमार थापामगर र गणेश मगरको प्रदेश अस्पताल बेनीमा उपचार भैरहेको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले रघुगंगा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। बाँधस्थलमा काम गरिरहेको अवस्थामा भिरमाथिबाट पहिरो खसेपछि मजदुरहरूको भागाभाग भएको थियो।