मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २ सोमबार २२:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

जेलभित्र बिरामी परे रवि लामिछाने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार २२:५७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलभित्र बिरामी परेका छन् । चिकित्सकले सोमबार उनको स्वास्थ्य जाँच गरेका छन् । 

जाँचको क्रममा अवस्था सामान्य नरहेको रास्वपा प्रवक्ता मनिष झाले बताए । ‘भैरहवा कारागारबाट नख्खु कारागारमा स्थान्तरण गरेपश्चात नियमित स्वास्थ्य जाँच गर्ने क्रममा उहाँको स्वास्थ्य अवस्था सामान्य नरहेको भेटियो। शरीरलाई चाहिने हावा घाम लगायत नियमित आवश्यकता शरीरले नपाएको कारण समस्या आएको देखिएको छ,  उनले भने,‘आवश्यक जाँचका लागि ट्रमा सेन्टरका डाक्टर जितेन्द्र प्रसाद यादव ज्यूको नेतृत्वमा रहेको चिकित्सक टोलीले जाँचको लागि प्रक्रिया थालेको छ।’ 

लामिछानेले आफुलाई असहज भएको बताएपछि कारागार प्रशासनले उनको स्वास्थ्य चेकजाँच गराएको थियो ।   भैरहबा कारागारमा रहँदा कोठाभित्रै थुनिएको, हावा पानी नपाएको, अत्याधिक गर्मी रहेको अवस्थाहरूको कारणले शरीरमा केही भिन्नता देखिएको हुन सक्ने आशंका गरिएको प्रवक्ता झाले बताए । लामिछानेलाई शनिबार भैरहवाबाट नख्खुमा सारिएको थियो। मानव अधिकार आयोगको निर्देशनपछि सरकारले उनको कारागार स्थानान्तरण गरेको हो।