मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:o४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कारागार समस्या समाधान गर्न संसदीय समिति गठनको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o४:oo

कांग्रेस सांसद एनपी साउदले देशभरका कारागारमा देखिँदै आएका विभिन्न समस्याको दीर्घकालीन समाधानका लागि संसदीय अध्ययन समिति गठनको माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले कारागारहरूमा देखिने गरेका विभिन्न समस्या समाधानको दीर्घकालीन समाधानका लागि संसदीय अध्ययन समिति गठनको माग गरेका हुन् ।

‘गृह प्रशासन सुधार योजना, २०७८ अन्तर्गत जारी कारागार सुधार अवधारणापत्र, २०७९ को प्रतिवेदन कार्यान्वयन गर्न तथा कारागार सुधारसम्बन्धी प्रक्रियाको व्यापक अध्ययन गरेर यो समस्याको दीर्घकालीन रूपमा समाधान गर्न एउटा संसदीय अध्ययन समिति गठन गर्न माग गर्दछु,’ साउदले भने । कैदीबन्दीहरू पनि समाजका नागरिक भएकोमा जोड दिँदै नेता साउदले उनीहरूको अधिकारको रक्षा गरेर सुधारको बाटो देखाउनु नै सभ्य र उत्तरदायी राज्यको पहिचान भएको बताए ।

पूर्वपरराष्ट्रमन्त्री साउदले सरकारलाई तत्कालै ठोस र दीर्घकालीन सुधार योजना ल्याउन आग्रह गरे । कारागारको संरचना सुधार र क्षमताअनुसारको संरचना निर्माण गरेर स्वास्थ्य सेवा, स्वच्छता, पौष्टिक आहार र मानसिक स्वास्थ्य कार्यक्रमहरूको सुनिश्चितता गरिनुपर्ने उनको भनाइ थियो ।