Skip This
‘माग्ने राजा’को ट्रेलर सार्वजनिक
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २२ बिहीबार १५:११:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘माग्ने राजा’को ट्रेलर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १५:११:oo

ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबिच सिनेमाको तीन मिनेट ४० सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा मुख्य अभिनेता केदार घिमिरे माग्नेबुढालाई नै केन्द्रमा राखिएको छ। सिनेमाको ट्रेलरले कथावस्तु र चरित्रचित्रणबारे प्रकाश पार्छ। मुख्य अभिनेता केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलाई ट्रेलरमा स्थान दिइएको छ। 

सार्वजनिक ट्रेलरमा मिस पबीलाई टेलिभिजन प्रस्तोता तथा गायिका तथा पूर्वराष्ट्रिय सभा सदस्य कोमल वलीलाई न्यायाधीशको रूपमा देखाइएको छ। एक गाउँले साधारण युवाको धनी बन्ने सपनाको कथावस्तुमा सिनेमा निर्माण भएको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ। केदारलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ। केदारले शीर्ष भूमिकामा अभिनय गरेको यो पहिलो सिनेमा हो। यसअघि उनी सहायक भूमिकामा सीमित थिए।

आगामी भदौ ६ गतेबाट रिलिज हुने सिनेमा आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन्।

नरेन्द्र मैनालीले खिचेको सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने सिनेमामा सामीप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद दीपक शर्मा र बाबुल गिरीको संगीत छ।