
नेपाल–भारत सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरामा दुई समूहबिच विवाद हुँदा तीनजना घाइते भएका छन्। गएराति ९ बजेको समयमा बलरा नगरपालिका– १ मा दुई समूहबिच मादकपदार्थ सेवन गर्ने विषयमा विवाद भएको प्रहरीले जनाएको छ ।
सोही क्रममा छुरा प्रहारबाट तीनजना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घाइते हुनेहरू सर्लाहीको बलरा नगरपालिका– १ बस्ने २५ वर्षका धर्मवीर सहनी, १८ वर्षका दशरथ सहनी र २५ वर्षका अमित मण्डल रहेका छन् ।
छुरा प्रहारबाट उनीहरूको पेट, घाँटी र हातमा चोट लागेको थियो । घाइते तीनैजना उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब निरीक्षक सरोज राईले जानकारी दिए। छुरा प्रहार गर्ने भारतीय नागरिकहरू अमन सिंह, विकास सिंह, अटल राय र अवशेख सिंह घटनालगत्तै भारततर्फ फरार भएका प्रहरीले जनाएको छ।
भारतीय प्रहरीसँग सहकार्य गरेर उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।